समाजसेवी थापाद्वारा खेल मैदानका लागि सहयोगको प्रतिबद्धता |
काठमाडौ । युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा २०७९ सालको बडा दशै तथा दिपावलीको अवसरमा स्थानिय नव ज्योति स्पोर्टिङ्ग क्लबद्वारा आयोजित खुल्ला वडा स्तरिय पुरुष भलिबलको समापन कार्यक्रममा क्लबको निर्माणाधिन खेल मैदानको लागि नगद रु १५१०००/- सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा एमाले १ नं. प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल किसान महासंघका उपमहासचिव समेत रहेका थापाले सम्पन्न खेलको प्रथम पुरस्कार प्रायोजन गरेका थिए । सानै देखि खेलकुदमा रुचि राख्ने थापाले यस अघि पनि विभिन्न खेल प्रतियोगिताहरुमा नगद पुरस्कार प्रायोजन गर्दै आएका छन् । प्रतियोगिताका विजेताले नगद रु ५१०००/- कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।