डलरको भाउ १३२ रुपैयाँ माथि पुग्याे, दैनिक नयाँ रेकर्ड कायम गर्दै |
काठमाडौ । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको हो । सोहि क्रममा आइतबार पनि डलरको भाउले नयाँ उचाई छोएको छ।
नेपाल राष्ट्र बैंकको अनुसार बिहिबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ २ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३२ रुपैयाँ २ पैसा खर्च गर्नु पर्ने भएको छ।
शुक्रबार एक अमेरिकी डलर १३१ रुपैयाँ ३२ पैसा कायम रहेको थियो । त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो।
हालसालै अमेरिकी फेडेरल रिजर्भले निरन्तर तेश्रो पटक ब्याज दर वृद्धि गरेको छ । महंगी नियन्त्रण गर्न भन्दै फेडरल रिजर्वले व्याजदरमा ०.७५ प्रतिशतले बढाएर ३ देखि ३.२५ प्रतिशत पुर्याएको हो । अमेरिकामा महंगी ४० वर्षयताकै उच्चस्तरमा रहेको छ । जसकारण डलरको भाउमा असर परेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति वृद्धि हुँदा डलरको माग बढेको छ जस कारण भाउ बढेको हो।