प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिदै |
काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गरिदैछ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आज (आइतबार) ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको होे ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । आयोगले तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरेको छ ।
निर्वाचन आयोगका अनुसार, भोली सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ । असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
सोही दिन अपरान्ह ४ बजेदेखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।