प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक |
काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ। गीतमा गायक विष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ।
गीतमा शब्द अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको र संगीत विष्णु भट्टकै रहेको छ।
ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ।
ठट्यौली प्रेमिल गीतको भिडिओलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य, रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छन्|
गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ। भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।
यस गीतलाई मिक्सिङ/मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन् भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।
हेर्नुहोस् भिडिओ