इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १७४ जनाको मृत्यु |
काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परेर १७४ जनाको मृत्यु भएको छ । खेल हेर्न गएका खेलका पक्षधरहरुका बीचमा भएको हिंसामा परेर ती व्यक्तिको ज्यान गएको हो ।
बीबीसीका अनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो । हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए ।
त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो ।