दशैंमा काठमाडौं महानगरले ५५८ स्वयमसेवक पनि खटाउने, निशुल्क एम्बुलेन्स सेवा दिने |

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स सेवा दिने जनाएका छन । एक विज्ञप्ति जारी मेयर शाहले डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यस्तै, उनले डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवाको ११८० मा फोन गरेर सेवा लिन सकिने र एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने जानकारी गराएका छन् । यसको लागि महानगरमा ५५८ स्वयमसेवक खटाउनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।