महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा |
काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायातले बस सेवा थप गरेको छ । संस्थाले ३९ थान बसमार्फत सेवा प्रदान गर्दै आएकोमा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपी संचालनमा ल्याउने भएको छ ।
सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दले टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ । हाइ व्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको गाडीले आरामदायी यात्रा सुनिश्चित गर्ने जनाइएको छ ।