रिलायबल नेपाल लाइफ इन्सुरेन्सले बोलायो एजीएम, आइपीओ प्रस्ताव |
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले आइपीओ प्रस्तावसहित कात्तिक ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ३०% सेयर निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।