मेगा बैंकद्वारा बीमा रकम हस्तान्तरण |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
दुर्घटनामा परी मृत्यु भएका रामबहादुर गुरुङकी पत्नी जुनु गुरुङलाई बीमा बापत ७ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका थिए । उनको २०७८ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
मेगा बैकले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैंकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।