स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी |
काठमाडौं । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले ‘शाओमी स्मार्ट एअर फ्रेअर’ सँगै स्मार्ट टिभीको लाइनअप सार्वजिनक गरेको छ।
स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी टिभी एक्स ४३ इन्च, स्मार्ट टिभी ४३ इन्च, रेडमी स्मार्ट टिभी फूल एचडी ४३ इन्च, शाओमी टिभी एक्स सिरिज एक्स ५५ इन्च र एमआई टिभी फाइभ ए ४३ इन्च तथा घरमै थिएटरको अनुभव दिने एमआईको सबैभन्दा ठूलो र प्रिमियम स्मार्ट फ्ल्यागशिप शाओमी एमआई क्यूएलईडी टिभी ७५ इन्च रहेका छन्।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘एमआई क्यूएलईडी टिभी ७५ इन्चले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ। ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ। ९७ प्रतिशत स्क्रिन–टु–बडी रेसियो, फूल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो एमआई टिभी अहिलेसम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो। प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नुहुन्छ। सुन्दर डिजाइनको साथमा, यसले डल्बी भिजन®, HDR10+ समर्थनको साथसाथै डल्बी अडियो र उन्नत अनुभवको लागि DTS–HD समर्थन गर्दछ।’
शाओमी स्मार्ट एअर फ्रेअरको लन्चबारे बोल्दै उनले उपभोक्ताहरू आफ्नो स्वास्थ्यबारे सचेत भइरहेका बेला नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको बताए।
उनले भने, ‘शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं। त्यस अनुरूप, शाओमी स्मार्ट एअर फ्रेअर ३.५ एल नेपाली बजारमा लन्च गर्न पाउँदा खुशी छौं। यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ।’