बिहीबार पनि डलरको भाउमा नयाँ रेकर्ड, एक डलरकै भाउ १३१ रुपैयाँ ४१ पैसा |
काठमाडौं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ। बिहिबार पनि डलरको भाउले नयाँ उचाई छोएको छ।
नेपाल राष्ट्र बैंकको अनुसार बिहिबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ।
बुधबार अमेरिकी डलरको भाउ १३० रुपैयाँ ८४ पैसा थियो। मंगलबार पनि डलरको भाउमा नयाँ रेकर्ड कायम भएको थियो। त्यो रेडकर्डलाई तोड्दै बिहीबर डलरको भाउले अर्को रेकर्ड बनाएको हो।
अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ। धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ। यसले भाउ बढाएको हो।
पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। बिहीबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ।
डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।