असोजको पहिलो साता २६ अर्ब रुपैयाँ बढ्यो बैंकहरुको निक्षेप |
काठमाडौं । असोज महिनाको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ ।
जुन अघिल्लो साता अर्थात भदौ ३१ गतेसम्मको तुलनामा २६ अर्ब रुपैयाँले धेरै हो । अघिल्लो साता वाणिज्य बैंकहरुसँग ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
यता, कर्जा लगानीमा पनि केही सुधार देखिएको छ । एक सातामा कर्जा लगानी ४ अर्ब रुपैयाँले विस्तार भएर असोज ७ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ कायम भएको छ ।
अघिल्लो साता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१% रहेको छ ।