टीएमएसमा आइएमई पे बाट लोड कोलेटरल, स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट |
काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लि.बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टिएमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरूले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन् ।
डिस्काउन्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेन्ट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरूलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैङ्कको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषण गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । स्मार्ट वेल्थ प्रो सबै लगानीकर्ताहरूको लागि एकदम नै उपयोगी हुन्छ । लगानीकर्ताहरूले शेयर बजारका सबै जानकारी यहाँ पाउन सक्नुहुन्छ ।
लगानीकर्ताहरूले यस सफ्टवेयरमार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरूको आधारभूत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्नुहुन्छ ।
स्मार्ट वेल्थ प्रोले हरेक साता एउटा न्युजलेटर निकाल्ने गर्छ जस्मा साताभरीको नेप्सेको विश्लेषण गरिएको हुन्छ । साथै कुनै पनि कम्पनीको आधारभुत तथा प्राविधिक विश्लेषण पनि गरिएको हुन्छ । स्मार्ट वेल्थ प्रोले बेलाबेला शेयर तालिम पनि दिने गर्दछ ।
नयाँ लगानीकर्ताहरूलाई शेयर बजारमा कसरी लगानी गर्ने, कुन शेयर किन्ने, कसरी आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने भनेर सिकाउने गर्दछ । यस्तो तालिममा स्मार्ट वेल्थ प्रोका ग्राहकहरूलाई विशेष छुट पनि छ ।