बैंककमा ह्वावेको एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट |
बैंकक । आसियन फाउन्डेशनसँगको सहकार्यमा ह्वावेले एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटको आयोजना गरेको छ । एसिया-प्यासिफिक क्षेत्रमा भविष्यका लागि आईसीटीका जनशक्ति तयार गर्नेबारे समिटमा छलफल भएको ह्वावेले जनाएको छ ।
समिटमा सरकारका प्रतिनिधि, शिक्षाविद् र उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आईसीटीसम्बन्धी जनशक्ति उत्पादन गर्ने विषयमा केन्द्रित यो बैठक ह्वावेको वार्षिक फ्लाग्शिप कार्यक्रम ह्वावे कनेक्टको समयमा आयोजना गरिएको ह्वावेले जनाएको छ।
आफ्नो ओपेनिङ स्पिचमा सामाजिक-सांस्कृतिक समुदायका लागि आसियानका उप-महासचिव, एक्कफाब फान्थावोङले आफ्नो धारणा राखेका थिए ।
इनोभेटिभ आईसीटी प्रतिभाहरू उत्पादन गर्न, उनीहरूको वर्तमान स्थिति पहिचान गर्न, डिजिटल प्रतिकूलता र असमानताहरू सम्बोधन गर्न र अगाडिको कदम निर्धारण गर्न छलफललाई बढावा दिन र प्रयासहरू समन्वय गर्न यो शिखर सम्मेलन आवश्यक रहेको उनले बताए ।
आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले शिखर सम्मेलनको माध्यमबाट यस क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई सहमति अभिवृद्धि गर्न, कठिनाइहरू समाधान गर्न र डिजिटल ग्यापहरू समाधान गर्न, इनोभेटिभ प्रतिभाको बिकास गर्न र क्षेत्रको डिजिटल रूपान्तरण बढाउन पर्याप्त कदम चाल्दै गएको बताए ।
ह्वावेका पब्लिक अफेयर्स एण्ड कम्युनिकेसन्सका अध्यक्ष जेफ वाङले प्रतिभा बिकासका लागि कम्पनीको आफ्नै लक्ष्यहरूबारे व्याख्या गरे ।