आरम्भ चौतारी लघुवित्तका डिसीईओ ज्ञवालीले पाए कामुको जिम्मेवारी |

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत (डिसीईओ) शिवप्रसाद ज्ञवालीले कायम मुकायम (कामु) को जिम्मेवारी पाएका छन् । भदौ २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यससँगै ज्ञवालीले भदौ २६ गतेदेखि सीईओ नियुक्त नभएसम्म उक्त पदको पनि कार्यभार सम्हाल्ने छन् ।
संस्थाको सीईओ लक्ष्मीप्रसाद शर्माले राजिनामा दिएसँगै कामुको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । भदौ २५ गते नै बसेको सञ्चालक समितिको बैठकले सीईओ शर्माको राजिनामा स्वीकृत गरेको हो ।