अर्थशास्त्री डा. अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त |

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् ।
विश्वविद्यालयका कुलपति समेत रहेका डा. वाग्ले काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ (१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा नियुक्त भएका हुन् ।
यसअघि यो विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक सुवोध शर्मा रहेका थिए । उनको कार्यकाल भदौ ३१ गतेदेखि सकिएसँगै डा. वाग्लेलाई उक्त रिक्त पदमा नियुक्त गरिएको हो ।
प्रा. डा. वाग्ले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए । अर्थराजनीतिक विश्लेषक डो वाग्लेले विभिन्न विश्वविद्यालायबाट एमए तथा एमएस्सीको डिग्री समेत हारिस गरिसकेका छन् । साथै, उनले अर्थशास्त्रमा पनि पीएचडी गरेका छन् ।