के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित |

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी श्री कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छे ।
देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पु¥याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने भएको हो।
निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै स्थानीय कच्चा -पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन ।