भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य |
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेल र हवाई इन्धनको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा, हवाई इन्धन प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर ४४ पैसा घटेर आएको निगमले जनाएको छ ।