अपर अरुणमा लगानी जुट्यो, एचआइडिसिएलको नेतृत्वमा ५३ अर्ब १४ करोड लगानी |
काठमाडौं । १०६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि लगानी जुटेको छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको (एचआइडिसिएल)को नेतृत्वमा सहवित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी जुटेको हो ।
एचआइडिसिएलको नेतृत्वमा आज समझदारी हस्ताक्षर भएको छ । नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो–इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ ।
संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थितयस पिकिंग रन–अफ–रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी. उचाईको बाँध निर्माण गरी ८.५ किमी लामो सुरुङ्ग मार्फत पानी ल्याई छोंग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ ।
आयोजनाबाट बार्षिक करिव ४५१२ न्ध्ज अर्थात ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादनहुनेछक्ष्जसमध्ये करिव ३० प्रतिशत सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि करिव ६ किमी ४०० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभा स्थित सबस्टेसनमा जोडिने योजना रहेको छ क्ष्हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत निर्माणअवधिकोब्याज, मूल्य बृद्धिलगायत सहित १अर्ब ७५करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब नेपाली रुपैया) रहेको छ ।
सन् २०२४ को अन्त्य तिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षणकार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ । आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ किमि लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्नेक्रममा रहेको छ ।
आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्धबाट शुरु गर्ने योजना रहेको छ ।
जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्वभाव कायम गरि आन्तरिक पुँजी बजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफलप्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ मा समावेश गरेको छ ।
आयोजना निर्माणको लागि वित्तिय व्यवस्थापन सहुलियत ऋण तथा शेयर लगानीवाट गरिने छ । हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भईरहेको छ । आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागी ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ । यही परिप्रेक्ष्यमा बिदेशी वित्तीय संस्थाहरुबाट ऋण लगानी जुटाउन विश्व बैंकको नेतृत्वमा पहल भईरहेको छ ।