शोधनान्तर र चालु खाताको घाटामा उल्लेख्य कमी |
काठमाडौं । मुलुकको अर्थतन्त्रले सही ट्रयाक समाउन थालेको छ । विशेषगरी अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा क्रमशः सुधार देखिन थालेको छ । चालु खाता, शोधनान्तर अवस्था, रेमिटेन्स लगायतका सूचकमा सकारात्मक प्रभाव देखिएको छ ।
केन्द्रीय बैैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शोधनान्तर घाटा २२ अर्ब ६३ करोडले मात्र घाटामा रहेको छ ।
जबकी अघिल्लो वर्ष यसैअवधिमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । यसैगरी, यसअवधिमा चालु खाता घाटा १६ अर्ब २६ करोड रहेको छ ।
अघिल्लो वर्ष यसैअवधिमा चालु खाता घाटा ४७ अर्ब २९ करोड रहेको थियो । केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो महिना साउनको तथ्यांकमा यस्तो देखिएको हो ।