यो चाडपर्वमा प्रोटोनको नयाँ अफर ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ |
काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार पर्व बिशेष योजना ल्याएको छ ।
‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
यसका साथै यस योजनामा X50 र X70 SUV Car र Saga sedan car अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन् । स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनिले जनाएको छ ।