आजदेखि तीन दिन झरी पर्ने सम्भावना | गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा
काठमाडौं । आज बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ ।
यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशैभर झरी पर्ने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । जसले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा भइरहेको छ ।