‘सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी–२०२२’ भृकुटी मण्डपमा |
काठमाडौं । सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा यहि भदौ ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहेको जनाइएको छ ।
नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो रहेको जनाइएको छ । विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक–अवे फूड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपर(मार्केटहरू पनि हाम्रो छर–छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।
गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२” सबैभन्दा महत्त्वपूर्ण संस्करण बताइएको छ । “कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका अवस्थामा यस बर्षको सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरिदकर्ता र विक्रेताहरु बजारमा पुरानामध्ये अझै को–को कायम छन् ? र नयाँ को–को थपिएका छन् ? भन्ने मूल्याङपनि गरिने भएको छ ।
साथै २०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्ने भएकाले बजारमा कुन–कुन फूड, वेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् ? र हाल के–के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्नका लागि एफबीएच २०२२ भ्रमण गर्नका लागि आयोजकले आह्वान गरेको छ ।
हाल पूरा विश्व विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको अवस्थामा सेन्चुरी एफबीएच २०२२ ले यो कार्यक्रम आयोजना गर्नलागेको हो । सेन्चुरी एफबीएच २०२२ ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ, जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको जनाएको छ ।