‘सजिलो सेवा’ले ल्यायो नयाँ ‘सजिलो सेवा एप’ |
काठमाडाैं । घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले एप सार्वजनिक गरेकाे छ । कम्पनीले एन्ड्राेइड र आइवाेएस दुवैमा डाउनलाेड गरी प्रयाेग गर्न मिल्ने गरी सजिलाे सेवा नाम गरेकाे एप सार्वजनिक गरेकाे हाे ।
कम्पनीले अब यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने जनाएकाे छ ।
कम्पनीकाे अनुसार एपबाट सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफुलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टीका साथै एप मार्फत विभिन्न छुट तथा क्यासब्याक पाइने छ ।
कम्पनीले कार्तिक ७ गतेसम्मकाे लागि एप डाउनलाेड गर्ने ग्राहककाे लागि आइफोन ११ जित्ने माैका, प्रमोकोड ‘sajiloapp’ प्रयोग गरेर आफ्नो पहिलो अर्डरमा ५० प्रतिशत छुटका साथै एनआइसी एशिया कार्ड र क्युआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने व्यवस्था मलाएकाे छ ।
जुन २०१७ मा २ म्यानेजमेन्टका विद्यार्थी र १ इन्जिनियरले काठमाडौंका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिंग सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न ‘सजिलो सेवा’ सेवा गरेका हुन् ।
यस कम्पनी टेलिभिजन रियालिटी शो ‘आइडिया स्टुडियो भाग २’ काे विजेता पनि रहेकाे छ ।