तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्वाचित |

काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे चयन भएका छन् । शनिबार भएको संघको २८ औँ बार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नेपालबाट ठूलो परिमाणमा अमेरिका लगायतका मुलुकमा तयारी पोसाक निर्यात गर्दै आएका सफल युवा उद्यमी पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो । उनी तयारी पोसाक बाहेक हस्पिटालिटीलगायत थुप्रै व्यापार व्यवसायमा संलग्न छन ।
यस्तै साधारणसभाले संघको प्रथम उपाध्यक्षमा राहुलमान शाक्य, द्वितीय उपाध्यक्षमा भूपाल बस्नेत र महासचिवमा भिमकुमार गिरिलाई निर्वाचित गरेको छ । संघको कोषाध्यक्षमा सञ्जय अग्रवाल र सहसचिवमा वसन्त अधिकारी निर्वाचित भएका छन् ।
साथारणसभाले संघको सदस्यहरुमा थोम नाथ बस्याल, कृष्ण प्रसाद पाण्डे,सतीश गिरि, सुरेशमान श्रेष्ठ, सचिन्द्र प्रधानाङ्ग र हिरा मोक्तानलाई निर्वाचित गरेको छ । यसअघि संघको अध्यक्षमा चण्डी अर्याल थिए ।