दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट खुल्ने | अनलाइनबाट पनि बुकिङ गर्न सकिने

काठमाडौं । दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भदौ २२ गते यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाख निर्णय गरेको हो ।
दशैंमा घर जानका लागि यात्रुहरूका लागि सहज होस् भनेर वर्षेनी दशैंअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । दशैंका लागि अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने छ ।