समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण |
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १३ बाट काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा स्थानान्तरण गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
कम्पनीले भदौ १९ गते अर्थात आज देखि केन्द्रीय कार्यालयका दैनिक कार्यहरु सञ्चालक भएको पनि कम्पनीले जानकारी दिएको छ ।