नोकिया फोनेको नयाँ नोकिया सी २१ प्लस सार्वजनिक, कति पर्छ मूल्य ? |
काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडि ग्लोबलले नोकिया प्रिमियम र किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ (C 21) प्लस सार्वजनिक गरेको छ। यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश भएकाे कम्पनीले जनाएकाे छ।
एचएमडी ग्लोबलका सीईओ,फ्लोरियन सेइश भन्छन् “उपभोक्ताहरूकालागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले C–सिरिज निकालेका छौं।उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया C21 प्लस डिजाइन गरिएको छ। एन्ड्रोइड ११ (-Go edition™_) मा १३ःMP HDR–संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु।”
स्लिम डिजाइनमा भरपर्दो ब्याट्री
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी २१ प्लस 5050 mAh ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।
बलियो र कडा परीक्षण
विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको C21 प्लसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि IP52–मूल्याङ्कन गरिएको छ।
सी–सिरिजको हिस्सा भएको नोकिया सी २१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ।
क्लिन ओएस
नोकिया सी २१ प्लस एन्ड्रोइड ११ (Go edition™_), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ।
एचडिआर प्रविधिको साथ 13MP डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्यूटिफिकेशनले देखिने आश्चर्यजनक तस्बिरहरू सिर्जना गर्दछ। ६.५” HD+ डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरू सुनिश्चित गर्दछ।
कति पर्छ मूल्य ?
३/३२ GB स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोनको मूल्य १६ हजार ४९९ रूपैयाँ रहेको छ।