सिड्स फर द फ्युचरमा नेपाली विद्यार्थी सहभागी टिम टप ७ मा पर्न सफल |
काठमाडौं । ह्वावेको विश्वव्यापी फ्ल्यागसीप कार्यक्रम सिड्स फर द फ्युचरमा नेपालबाट सहभागी विद्यार्थीको टिम टप ७ मा पर्न सफल भएको छ । थाइल्याण्डमा अगस्ट २७ मा भएको टेक४गुड प्रतियोगितामा नेपालका ७ जना स्नातक तहका विद्यार्थीहरूको टोली विजयी हुँदै टप ७ मा पर्न सफल भएको हो । नेपालसँगै अन्य ६ टोली पनि विजयी भएका छन् ।
विजता टिमहरुले अर्को हप्ता सिंगापुरमा टेक४गुड एक्सेलेटर क्याम्पमा भाग लिनेछन् । जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् । उनीहरुले सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो गर्नेछन् ।
एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आ-आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए । जसमध्ये ७ टिम अर्को चरणमा प्रवेश गरेका थिए ।
कम्पनीका अनुसार अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन (Blockchain) र एआई (AI) प्रयोग गर्दछ । विचार यो हो कि औषधिको प्रत्येक फाइलमा क्यूआर कोड राखिएको छ । यो क्यु आर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारीक वितरक/ खुद्रा विक्रेता मार्फत औषधि आएको हो कि हैन, र एम आर पि बारे सूचित गरिन्छ ।