डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दियो |
काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ ।
त्यस्तै, कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । कम्पनीले ४ दशमलव ५ मेगावट क्षमता विद्युत आयोजना दैलेखमा निर्माण गर्दैछ ।