२४ घन्टाभित्र कर नतिरे काठमाडौं फनपार्क बन्द गरिदिने महानगरको अल्टिमेटम |
काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित फनपार्कलाई तिर्न बाँकी रहेको कर आगामी २४ घन्टाभित्र बुझाउन निर्देशन दिएको छ।
पटक पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर तिर्न बाँकी रहेकाले पत्र पाएको मितिले २४ घण्टाभित्र जरिवानासहित दाखिला गर्न भनेको छ।
‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्नुहुन अनुरोध छ’, महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुलउपर गरिनेछ।’