मिर्मिरे लघुवित्त द्वारा बुद्द्ज्योती लघुवित्त प्राप्ति गरि ‘एकीकृत कारोबार शुभारम्भ समारोह’ सम्पन्न |
बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् ।बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्म गरेको हो ।
शुभारम्भ समारोह सभाध्यक्ष बोहराले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गरेका थिए भने मिर्मिरेका संचालक एवं मर्जर/एक्विजिसन समिति संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राखेका थिए , मन्तव्यको क्रममा फुयालले मिर्मिरेलाई अर्को एउटा थप सफलता मिलेको चर्चा गर्दै नेपालको लघुवित्त क्षेत्रमा मिर्मिरेको राम्रो छाप रहेको भनि खुशी ब्यक्त गरेका थिए, साबिक बुद्दज्योति लघुवित्त संस्थाको तर्फबाट संचालक शान्ता के.सी. कार्कीले शुभकामना मन्तब्य, मिर्मिरेको तर्फबाट संचालक प्रबिण भट्टराईले धन्यबाद ज्ञापन मन्तब्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले संस्थाको नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रदान गरेको कार्यदिशा र मिर्मिरेको भावी योजना सम्बन्धमा जानकारी मुलक मन्तब्य राखेका थिए । कार्यक्रममा संचालक संजय श्रेष्ठ र संजु घिमिरेको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा बोल्दै वित्तीय संस्थाका अध्यक्ष बोहराले मिर्मिरेले बिगतको कोविड़-१९ को पहिलो र दोश्रो लक् डाउनको समयमा समेत २ वटा संस्था प्राप्ति गर्ने कार्य सम्पन्न गरेको, जटिल परिस्थिति र अवस्थामा समेत मिर्मिरे पछी नहटेको बताउदै हालको लघुवित्त क्षेत्रको बिरोध गर्नेहरुको समेत परवाह नगरी अघि बढी रहेको त्यसको नकारात्मक प्रभाव संस्थाको कार्यक्रमा पर्न नदिन र बर्तमान तरलताको समस्याको समयमा संस्थालाई आत्मनिर्भरता तर्फ डोर्याउन आफ्नै वित्तीय श्रोत व्यवस्थापन गर्न र कर्जा गुणस्तर व्यवस्थापन तर्फ अभिमुख रहेको समेत जानकारी गराए । वित्तीय संस्थाका कर्जा विभाग प्रमुख वेद प्रसाद आचार्यको उद्घोषण रहेको उक्त कार्यक्रम वित्तीय संस्थाको आधिकारिक फेसबुक मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।