के.सी. मिर्मिरेको संचालकमा नियुक्त, सपथ तथा पदभार ग्रहण |
बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शान्ता के.सी. कार्कीलाई संचालकमा नियुक्त गरेको छ । संस्थाको संचालक समितिको मिति २०७९ भाद्र १५ गते बसेको बैठकको निर्णयले कार्कीलाई नियुक्त गरेको हो ।
यस अघि बुद्द्ज्योती लघुवित्तको संचालक रहेकी कार्की रुपन्देही जिल्लाकि स्थानीय व्यक्तित्व हुन् । । वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहरा समक्ष आजै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा संचालक के.सी. कार्की ले गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेको वित्तीय संस्था व्यवस्थापन श्रोतले जनाएको छ ।