हिमालयन बैंकको ऋणपत्र बिक्री खुला |

काठमाडौं । हिमालयन बैंकले आज (भदौ १५ गते) बाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५०% ब्याजदर पाइनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ ।
यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।