सामसङले नेपालप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै | त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ् संस्थानसँग एमओयूमा हस्ताक्षर
काठमाडौं । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसङलेप्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्र मा हस्ताक्षर गरेको छ। सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ताप्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ।
यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ। नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ। सामसङ इनोभेसन क्याम्पसयोजनाअन्तर्गतयसलाई हेरिएको छ। जसलेयुवाहरूलाई वास्तविक कार्यगतसीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ, साथैउनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमापनि सुधार गर्नेछ।
सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओकेन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारीे एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्व विद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन शशिधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए।
सामसङ इलेक्ट्रोनिक्सकाएसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङले भने । त्रिभुवन विश्व विद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गर्छौ। सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाटहामीले नेपाली युवाहरूलाईश्रमबजारमाप्रवेशकोतयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धिगर्नेछौं, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं।