ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप |
काठमाडौं । नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
नेपाल भरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने जनाइएको छ ।
प्रतिस्पर्धामा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह र सृजना गौतम रहेका छन् ।