लघु बीमा कम्पनी सञ्चालनकाे लागि बाटाे खुल्याे |
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेकाे छ । समितिले बीमा ऐन २०४९ काे दफा ८ काे खण्ड घ२ काे अधिकार प्रयोग गरी निर्देशिका जारी गरेकाे हाे ।
समितिले निर्देशिका जारी गरेसँगै लघु बीमा कम्पनी स्थापनाकाे लागि बाटाे खुलेकाे छ ।
पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने कम्पनीले चुक्ता पूँजीकाे न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नु पर्दछ ।
यस्तै संस्थापककाे पनि ५१ प्रतिशत शेयर हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।
लघु बीमा कम्पनीकाे कर्पाेरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनु पर्ने पनि निर्देशिकामा उल्लेख छ ।