२४ घण्टामा ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु |

काठमाडौँ । सोमबार ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३८१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् । १ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ ।