रियलमी ९ प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् विशेषता |
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ ।
लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले यो हाम्रो लागि एक दमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज रहेको र बेस्ट फिचर पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध रहेको बताए । उनले रियलमी ९ प्रो ५जी इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली ५जी चिप सेट रहेको बताए ।
शक्तिशाली ब्याट्रि भएको यो रियलमी ढ प्रो ५जी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मुल्य ३८ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै, एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक दिएको छ । यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २/३२ को मुल्य १४ हजार ४९९ छ भने ४/६४ को १९ हजार ९९९ रहेको छ ।