रिटेलरहरुका लागि मेसेन्जरः कसरी बिक्री र व्यवसाय बढाउने |
एउटा पसले भएको नाताले, चाहे स्टोरबाटै खरिद गर्ने ग्राहक होस् वा अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्री बढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँनयाँ तरिकाहरू खोजिनै रहनुभएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समय बिताउन थालेपछि, आफ्ना ग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारी र ई-कमर्स चलाउनै दुबै व्यापारीहरू मेसेञ्जरको माध्यम अपनाउन थालेका छन् । मार्केटिङ च्यानलको फाइदा भनेकै खुद्रा व्यापारीहरू एकैसाथ निजीकृत, वान-टू-वान कम्यूनिकेशनको माध्यममार्फत् आफ्नो ग्राहक एवम् बृहत्तर वर्गहरूसँग जोडिन सक्नु हो ।
मेसेजिङ एप बहुसुविधायुक्त उपकरण हो जसले व्यवसायका विविध आवश्यक्तालाई धेरै स्वरूप र प्रकारका व्यवसायीक मेसेजहरू प्रदान गर्दछ । खुद्रा बिक्रेताहरूले यी तीन प्रकारका मेसेजहरू प्रयोग गर्न सक्छन् । ट्रान्जिशनल (वा सर्भिस मेसेज), प्रचारात्मक, र अन्तरक्रियात्मक मेसेजहरू (जसलाई सेसन पनि भनिन्छ )।
महत्वपूर्ण जानकारी सेयर गर्नुहोस्
ट्रान्जिश्नल मेसेजहरू विशेषगरी तपाईँको ग्राहकहरूलाई रियल टाइम अपडेटहरू पठाउन प्रयोग गरिन्छन् । जब अनलाइनमार्फत् खरिद गरिन्छ, खरिदकर्ताहरूले उनीहरूको अर्डर लिइसकेको र डेलिभरिका लागि आउने क्रममा रहेको जानकारीसहितको कन्फर्मेशन मेसेज प्राप्त गर्नेछन् । ट्रिगरका आधरमा जस्तै ग्राहकले कुनै निश्चित कार्य गरेपश्चात ट्रान्जिश्नल मेसेजहरू स्वतस्फूर्तः पठाइन्छ । तपाईँले चाहेजति ट्रिगरहरू पाउनु हुनु सक्नेछ र बिक्री यात्राको अवधिभर आफ्नो खरिदकर्ताहरूलाई अपडेट गरिराख्नु सक्नु हुनेछ ।
यद्यपि एसएमएस समान उद्देश्यका लागि प्रयोग गर्न सकिए पनि, मेसेजिङ एपमार्फत् पठाइने व्यवसायीक मेसेजहरू बढी लचिलो, कार्यमूलक र सबैभन्दा महत्वपूर्ण मितव्ययी हुन्छन् । उदाहरणार्थ, भाइबर ब्राण्डमा बिजेनेस मेसेजहरूको रियल-टाइम एनलिटिक्स देख्न सकिन्छ, डेलिभर भएका मेसेजका लागि मात्र शुल्क तिर्न र निश्चित अवधिमा डेलिभर नभएका समय संवेदनशील मेसेजहरू क्यान्सल वा रिडाइरेक्ट गर्न टिटीएल (टाइम टू लाइभ) सेट गर्न सकिन्छ । यदी प्रयोगकर्ताहरूसँग भाइबर वा इन्टरनेट कनेक्शन नभएको खण्डमा एसएमएस् थ्याङ्क्स्मार्फत् एसएमएस फलब्याक फङ्शनलाई मेसेज पठाइनेछ । त्यसबाहेक, कुनैकुनै मेसेजिङ एपहरू, जस्तै भाइबरले, ब्राण्डहरूलाई विविध फाइलहरू( वारेन्टी, इनभोइस, बुकिङ्ग कनफर्मेश्न, आदि) पठाउन मद्दत गर्छ जुन एपबीच स्वीच नगरी, ईमेल नखोजी बिना नै सबै महत्त्वपूर्ण जानकारीहरू एउटै थ्रेडमा राख्न सक्ने प्रयोगकर्ताहरूका लागि धेरै सुविधाजनक छ ।
भाइबरमा ट्रान्जिश्नल बिजनेस मेसेजहरूको उदाहरण
नयाँ उत्पादनका बारेमा अपडेट गराउनुहोस्
प्रचारात्मक बिजनेस मेसेजहरू बिक्री बढाउन, नयाँ उत्पादनको विज्ञापन गर्न, ग्राहकको मागलाई मार्गदर्शन गर्न, वा विशेष इभेन्टको प्रचार गर्न प्रयोग गरिन्छ । मेसेजिङ एपहरूले बिक्रेताहरूलाई वान-अन-वान वा सम्पूर्ण दर्शकसँग संबाद गर्न मद्दत गर्छन् । यी प्रचारात्मक मेसेजहरू व्यक्तिगत हुन्छन् र निश्चित समूहका मानिसहरूलाई लक्षित गरी अनुकूलित गर्न सकिन्छ— उदाहरणका लागि ती जो निश्चित क्षेत्रमा बस्दछन् वा बिगतमा केही खरिद गरिसकेका छन् ।सिडिपी र सिआरएम भएका कम्पनीहरूका लागि सामान्यतः मेसेन्जहरूसँग एकीकृत गर्ने विकल्पहरू हुन्छन्ः जस्तै, भाइबरले बिजनेसलाई १००० अक्षरसम्मको निजीकृत तथा विस्तृत मिडिया मेसजहरू पठाउन मिल्ने प्रभाबकारी एपिआई अफर गर्दछ । यसका अतिरिक्त भाइबरको बिजनेस मेसेजमा भिडियो, तस्विर र बटन पनि समावेश गर्न सकिन्छ । र, निश्चित दर्शकसम्म पुग्न चाहने, प्रचारात्मक बजेटको अधिकतम उपयोग गर्न चाहने र आफ्ना ग्राहकहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहने बिक्रेताहरूका लागि भाइबरलाई एक उत्कृष्ट उपकरण बनाउँछ ।
उदाहरणहरू
आजको दिनमा प्रचारका निम्ति बिजनेस मेसेजहरूको प्रयोग सामान्य भइसकेको छ, यस्ता दृष्टान्तहरू उद्योग तथा व्यवसायहरूले प्रशस्तै प्रयोग गरेको देख्न पाइन्छ । निजीकृत व्यवसायीक मेसेजहरूको साथ दर्शकहरू विभाजन गर्न प्रयोग गरिएको एउटा उदाहरण यहाँ राखिएको छ । (Quadex) क्वाड्एक्स लजिस्टिक्सहरूको एक बिक्रेता कम्पनी हो । क्वाड्एक्सले बिशेषगरी क्रस-बोर्डर डिजिटल लजिस्टिक्स र ई-कमर्स भुक्तानी प्रक्रियामा काम गर्छ । आफ्ना ग्राहकहरूसँग मेसेजिङ एपमार्फत् कम्यूनिकेट गर्न क्वाड्एक्सले भाइबरको आधिकारिक पार्टनर प्रोमोटेक्सटरसँग सहकार्य गरेको छ । क्वाड्एक्सको सिपीङ कार्ट सेवाले फिलिपिन्समा रहेका बिक्रेताहरूलाई उत्तर अमेरिका र युरोपमा रहेका बिक्रेताहरूबाट अर्डर लिन मद्दत गर्दछ । क्वाड्एक्सले बेलायतका व्यापारीहरूबाट खरिदको मात्रा बढाउनका लागि, आफ्ना दर्शकहरूलाई विभाजन गर्ने निर्णय गर्यो। विभाजन गरेपछि क्वाड्येक्सले त्यस्ता दर्शकहरूलाई लक्षित गर्यो जसले विगतमा अमेरिकाबाट मात्र खरिद गरेका थिए र हालसम्म बेलायतको सिपिङ अनुभव गरेका थिएनन् । क्वाड्एक्सले त्यसपछि दर्शकहरूको रुचि अनुरूप निश्चित वर्गलाई लक्षित गर्न भाइबर बिजनेस मेसेजको सहयोग लियो । र नतिजा अपेक्षा गरिएको भन्दा राम्रो आयो । भाइबरमार्फत् अप्रोच गरिएको २५ प्रतिशत बिगतमा अमेरिकाबाट खरिद गर्ने खरिदकर्ताहरूले यस पटक बेलायतबाट खरिद गरे । यसो गर्दा बेलायतको व्यापारीहरूलाई १८७ प्रतिशत केपिआई सफलता हात लाग्यो र ट्रान्जेक्शन बढेर ३०० प्रतिशत वाइओवाइ पुग्यो ।
यस्तै अर्को रमाइलो प्रसङ्ग छ युक्रेनको । विद्युतीय र घरेलु उपकरणहरूको मल्टीच्यानल बिक्रेता, कम्फी (COMFY) ले आफ्नो कार्ट परित्याग गर्ने समस्या हल गर्न निकै रमाइलो उपायसँग आयो । उक्त कम्पनीले बजनेस मेसेजिङको प्रयोग गर्यो । कम्फी(COMFY) ले भाइबरको बिजनेस मेसेजहरूको प्रयोग गरी, तत्काल रिच (immediate reach), रिचमिडिया(rich media), र सशक्त सिटिए आफ्नो वेबसाइट र लक्षित कार्यसँग लिङ्क गर्दै आफ्नो कार्ट परित्यागको समस्या हल गर्न सम्भव भयो ।अनुभव प्राप्त आधिकारिक मेसेजिङ पार्टनर ग्लोबल मेसेज सर्भिससँग सहकार्य गर्दा, कम्फी(COMFY)ले एसएमएसको तुलनामा १० प्रतिशत टर्नओभर वृद्धि र ३० प्रतिशत ज्यादा कनभर्जन दरको सफलता प्राप्त गर्यो ।
कुराकानीको माध्यमबाट ग्राहकहरूको साहयता गर्नुहोस्
कन्भर्शेसनल मेसेजहरूले व्यवसायलाई आफ्ना ग्राहकहरूसँग वास्तविक कुराकानी गर्न सहयोग गर्छन् । केही वर्षयता खुद्रा व्यवसायमा धेरै नै बदलाव आएको छ । तीमध्ये पनि लकडाउनले पारेको असर अझै व्याप्त नै छ । अनलाइन सपिङ, ब्रिक-एण्ड-मोर्टार स्टोरहरूले प्रतिस्पर्धा बनाइराख्न ठूलै कसरत गर्नुपरेको छ । तर कस्टमर सर्भिसको क्षेत्रमा अनलाइन विक्रेताहरू वृहत्तर सेवाग्राहीहरूसमक्ष पुग्न सक्षम भएता पनि त्यहाँ ब्रिक-एण्ड-मोर्टार स्टोरहरूमा जस्तो वैयक्तिक सम्बन्ध र पहुँचको भने अभाव रहन्छ । त्यसैगरी ब्रिक-एण्ड-मोर्टार विक्रेताहरू भने धेरैभन्दा धेरै सेवाग्राहीसमक्ष पुग्न सकिरहेका हुँदैनन् । यी समस्याहरूको निवारण गर्न परम्परागत व्यवसाय र अनलाइन स्टोर दुवैका लागि मेसेजिङ एपहरू सहयोगी सिद्ध भएका छन् । मेसेजिङ एपहरूले व्यवसायहरूलाई ग्राहकहरूसँग अझ वैयक्तिक तवरमा कम्युनिकेट गर्न सहयोग गर्छन् । ती एपहरूले खुद्रा विक्रेताहरूलाई वृहत् लक्षित वर्गसँग जोडिन, उनीहरूलाई सेवा प्रदान गर्न, उनीहरूसँग दुईतर्फी कन्भर्शेस सुरु गर्न सहायता गर्दै अन्ततः विक्रयमा वृद्धि, अनुकुलित प्रक्रियाहरू र सेवाग्राहीसँगको सुदृढ सम्बन्धसम्म पुर्याउँदछन् ।
उदाहरणहरू
भाइबरमा बिजनेस मेसेजहरूमार्फत् गरिएका कुराकानीहरूको उदाहरणहरू
कन्भर्शेसनल मेसेजहरू व्यवसायका विभिन्न उद्देश्यप्राप्तिका लागि प्रभावकारी एवम् वहुआयामिक साधनहरू हुन् ।सर्वियाको कुरियर सर्भिस, डी एक्सप्रेसलाई यसको उत्कृष्ट नमुनाका रूपमा लिन सकिन्छ ।भाइबरको आधिकारिक मेसेजिङ पार्टनर अक्टोनसँग काम गर्दा उनीहरूले भाइबरमा निजीकृत डेलिभरी स्टेटस अपडेटहरू पठाए—तर जानकारी गराउने एकतर्फी उपकरण हुनुको सट्टा, यी मेसेजहरूले ग्राहकहरूलाई ढुवानी प्रक्रिया र ब्रान्डसँग सञ्चारमा थप नियन्त्रण प्रदान गर्न सशक्त बनायो: ग्राहकहरूले डेलिभरी समयतालिका अपडेट गर्न वा ढुवानी पुन: निर्देशित गर्न भाइबरमा सिधा जवाफ दिन सक्नेछन् ।जस कारण डी एक्सप्रेसको मेसेज डेलिभरी दरमा १५ प्रतिशतको सुधार आयो र फलस्वरूप डी एक्सप्रेस प्रत्येक महिना ३ लाख मेसेजहरू आफ्नो ग्राहकसम्म सफलतापूर्वक डेलभर गर्न सफल भयो । यसले लजिस्टिक र सञ्चार दुवैलाई थप ग्राहकमैत्री बन्न मद्दत गर्यो ।
मेसेन्जर मार्केटिङले रिटेलरलाई प्रचुर सङ्ख्यामा फाइदाहरू प्रदान गर्दछ । मेसेजिङ एपहरू ग्राहकको साथ कम्यूनिकेट गर्नका लागि छिटो र सजिलो माध्यम हो । मेसेजिङ एपहरू रिटेलरहरूले भोगिरहेका विविध समस्याहरूको समाधान गर्न, रिटेलरहरूलाई आफ्नो ग्राहकसँग सम्बन्ध र इमानदारी बनाइराख्न, व्यापार बढाउन र ग्राहकहरूलाई फेरीफेरी पनि आफ्नै स्टोरप्रति आकर्षित गरिराख्नका लागि पनि प्रयोग गर्न सकिन्छन् । र सबैभन्दा रमाइलो पक्ष चाहिँ सामान्यातः बिजनेस अकाउण्ट बनाउन एकदम सजिलो छ, र भाइबरजस्ता एपहरू अनबोर्डिङ र प्रशिक्षण गर्न निकै नै उत्साहित छन् ।
राकुटेन भाइबरको बारेमाः
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।