सांग्रिलाको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठ |

काठमाडौं । सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्ति दिने निर्णय गरेको हो ।
यो निर्णय भदौ १९ देखि लागु हुने गरी ४ वर्ष कायम हुने बैंकले जनाएको छ । बैंकको मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटिएम सञ्चालनमा छन् ।