आईसीएफसी फाइनान्समा पन्तको कार्यकाल दोहरियो |

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्तको कार्यकाल दोहोरिएको छ । पन्तलाई कम्पनी संचालक समितिले आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएको हो ।
पन्तलाई असोज २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुन नियुक्ति दिइएको कम्पनीले जानकारी दिएको छ । उनको कार्यकाल आगामी असोज २४ गते सकिदै छ ।