घोपा बचाऊ अभियान सम्पन्न, भोली स्वास्थ्य मन्त्रिको रोहबरमा समापन कार्यक्रम हुँदै |
धरान । विगत १३६ औ दिनदेखि घोपा बचाऊ अभियान नामक आन्दोलन वि पी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सुधारका लागि धराने जनता र हामी नेपाल संस्थाको संयोजकत्वोमा भईरहेको थियो । आन्दोलनका केहि महत्वपूर्ण मागहरुलाई अस्पताल प्रशासन र नेपाल सरकारले वेवास्ता गरेको बुझेर आन्दोलनका जायज मागहरुलाई पुरा गराउन र आन्दोलनलाई थप शसक्त बनाउन आन्दोलनका संयोजक सुधन गुरुङ भदौ २९ गतेदेखि आमरण अनशन बस्ने र देश व्यापी आन्दोलन गर्ने घोसणा भदौ १४ गतेको विज्ञप्ति मार्फत गरिएको थियो ।
आमरण अनशनको घोसणा पश्चात वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन र नेपाल सरकारले आन्दोलनको मागहरुलाई गम्भीर रुपमा लिई नेपाल सरकारले आफ्नो प्रतिनिधी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य मन्त्रि भवानी खपुङ्ग (वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति) मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
सम्पूर्ण मागहरु कार्यान्वयन गराउन प्रक्रिया अगाडि बढाएर नेपाली जनताले विगत ५ महिना देखि गरिरहेको संघर्षलाई सम्मान गर्दै भदौं ४ गते शनिबारका दिन बेलुका ५ बजे स्वास्थ्य मन्त्रि स्वयम् उपस्थित भई आन्दोलनलाई सम्बोधन गर्न आउनुहुने बताइएको छ ।
त्यहि दिन विधिवत रुपले आन्दोलन समापन समारोह स्वास्थ्य मन्त्रिको रोहबरमा हुन गईरहेकोले हरेक धराने वासी, विभिन्न संघसंस्थाहरु तथा संचारकर्मी साथिहरुलाई यहाँहरुको निरन्तर नैतिक, भौतिक तथा आर्थिक साथ समर्थनले आन्दोलनलाई सफल पार्न ठुलो भूमिका निर्वाह गरेकोमा आभार ब्यक्त गरिएको छ ।