उदयपुर सिमेन्टका नयाँ अध्यक्ष बस्नेतद्वारा पदभार ग्रहण |

काठमाडौं । उदयपुर सिमेन्टका नयाँ अध्यक्ष केशव कुमार बस्नेतलाई उद्योगमा स्वागत गरेका छन् । उनलाई मन्त्रीपरिषदको साउन १४ गतेको निर्णयद्धारा संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
बुधबार उद्योगका महाप्रबन्धक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु र क्रियाशिल ट्रेड युनियनका तर्फवाट समेत हार्दिक स्वागत गरेपश्चात आजै पदवहाली गरेका थिए । उद्योगको समग्र बस्तुस्थितीको बारेमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले अध्यक्षलाई जानकारी गराएका थिए ।
उद्योगका क्रियासिल ट्रेड युनियन तथा उद्योगको तर्फवाट गुण नियन्त्रण महाशाखाका प्रमुख कोविद कुमार काफ्लेले नवनियुक्त अध्यक्षको स्वागत गर्दे गुणस्तरिय उत्पादन नै उद्योगको पहिचान रहेकोले गुणस्तरिय सिमेण्ट उत्पादनमा प्रतिवद्ध रहने बताए ।
सो अवसरमा नवनियुक्त संचालक समिति सदस्यज्यूहरु लिल बहादुर बस्नेत, कुवेर प्रसाद राई, रमेश कुमार चौधरीले समेत अध्यक्षलाई स्वागत गरेका थिए ।