टानको अध्यक्षमा निलहरि बाँस्तोला विजयी |
काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । हिजो राति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी विजयी भएका हुन ।
उनले ६१६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका छन् । अध्यक्षका प्रतिस्पर्धी बाँस्तोला सम्पूर्ण प्यानलसहित विजयी भएका हुन ।
टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका छन् ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा एक हजार ८५० व्यवसायी आबद्ध छन् ।