वाई वाईसँगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक |
काठमाडौं । वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
उनीहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सुची सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिएको हो । देशभरिबाट आएको ६४८ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् ।
२० अन्डर २० किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन्,“हरेक नयाँ वर्षसँगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडीने गर्छन् । नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचान गराउन पाउँदा हामी उत्साहित छौं ।”
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
- आमोद पौडेल, रुपन्देही, प्राविधिक कार्यकर्ता
- आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
- विधाता पाठक, नुवाकोट, सामाजिक कार्यकर्ता
- विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
- बिनिता ढकाल, गोरखा, सामाजिक उद्यमी
- विष्णुकुमार शाह, धनुषा, शिक्षा अभियन्ता
- दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
- गंगा साह, महोत्तरी, महिला शिक्षा कार्यकर्ता
- कुणाल साह, मोरङ, प्राविधिक–अन्तरप्रेनर
- लकी साह, महोत्तरी, प्राविधिक उत्साही
- निश्चल सिंह विष्ट, धनकुटा, इकोप्रिन्योर
- पृथका श्रेष्ठ, चितवन, सामाजिक अभियन्ता
- राहुल मण्डल, धनुषा, प्राविधिक शिक्षाविद्
- राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
- रञ्जन शंकर, तेह्रथुम, क्त्भ्ः शिक्षा अधिवक्ता
- सम्पन्न ज्योति तुलाधर, काठमाडौं, शिक्षा अभियन्ता
- समृद्धि देव, मकवानपुर, कलाकार
- संस्कृति दुवाडी, काठमाडौं, लैङ्गिक कार्यकर्ता
- सर्वज्ञ भट्टराई, काठमाडौं, स्वास्थ्य कार्यकर्ता
- सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
यसकासाथै उत्कृष्ट ६ को घोषणा अगस्ट १९ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२२ मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।
ग्लोकल प्रा.लिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौंस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल, रियल, यमआइ र डिश होमस इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कसस मिडिया पार्ट्नर, द हिमालयन टाईम्सस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटीस एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, विस्तारा र यति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन् ।