मिर्मिरे लघुवित्तले आफ्ना कर्मचारीलाई दियो कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन तालिम |
रौतहट । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु श्रावण २३ र २४ गते एक चरण २४ र २५ गते एक चरण गरि दुइ चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन तालिम दिएको छ । रौतहट स्थित होटल तराई इनमा सम्पन्न उक्त चरणबद्ध आवासीय तालिम कार्यक्रम संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
मधेश प्रदेश का प्रादेशिक प्रमुख प्रमुख रामकिशोर चौधरीले संचलन गरेको उक्त तालिम कार्यक्रममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्य रुपमा सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानको साथमा पानसमा दिप प्रज्वलन गरि प्रमुख अतिथि बोहराले गरेका भने स्वागत मन्तब्य प्रादेशीक उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्रीको रहेको थियो । कलैया शाखाका शाखा प्रमुख बम बहादुर चौधरीले कार्यसंचालन सम्बन्धमा सहजीकरण गरेका थिए ।
लघुवित्त क्षेत्रमा हुन सक्ने कर्जा जोखिमसंगै कार्यसंचालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरुलाई समय समयमा थप ज्ञान शिप को बिकास प्रबर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारी लक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले बताए ।
कार्यक्रममा संस्थाको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुली स्थित शाखाका कर्मचारीहरु एवम् सहजकर्ता समेत गरि लगभग १०० को संख्यामा कर्मचारीहरु उपस्थित थिए । वित्तीय संस्थामा करिब ७५० कर्मचारी कार्यरत छन् भने १४८ शाखा संजाल मार्फत वित्तीय संस्थाले करिब एक लाख पैंतीस हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाले यस अघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्द ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको जनाएको छ ।