सामसङ ग्यालेक्सी एफ–१३ नेपाली बजारमा |
काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एफ–१३ को मोबाइल सेटको बिक्री–वितरण सुरु गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको पछिल्लो उत्पादनले जेन जेडका आकांक्षी र सहस्राब्दी उपभोक्ताहरूलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूत पूर्ण शैली र अनुभव दिलाउने कम्पनीले विश्वास लिएको जनाएको छ ।
यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डिस्प्ले, ६००० एमएएच ब्याट्री, र निर्बाध कनेक्टिभिटीका लागि पहिलो अटो डाटा स्विचिङ छ, जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ”, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने ।
ग्यालेक्सी एफ–१३ को १६.६२ सेमिएफएचडी प्लस डिस्प्ले, ६००० एमएएच ब्याट्री र १५ वाटको तीव्र चार्ज हुने रहेको छ । ग्यालेक्सी एफ १३ मा ८ जिबी र्याम र १२८ जिबी मेमोरी र ५० एमपी ट्रिपल रिएर क्यामरा रहेको छ । जसले गदाए गेमिङलाई व्यवधान नपुर्याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरू गर्ने र एप खोज्ने कार्य प्रदान गर्दछ । भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टिबीसम्म बढाउन सकिन्छ ।
सामसङ ग्यालेक्सी एफ १३ वाटरफल ब्लु, सनराइज कपर र नाइटस्काई ग्रिन रङहरूमा उपलब्ध छन् । नेपाली बजारमा यसको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।