पूर्वका संघ-संगठनद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण |
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् ।
अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानमा प्रभावित सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित सामग्रमा चाउचाउ ३५ कार्टुन, बिस्कुट ११ कार्टुन, भुजा १०० बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन रहेको छ ।
संघका अध्यक्ष नवीन रिजाल तथा उद्योग संगठन उपाध्यक्ष नन्दकिशोर राठीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।