प्राइम लाइफ इन्स्योरेन्सको सिईओमा निर्मल दाहाल नियुक्त |

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न अनुमति दिएको हो ।
तत्कालिन सिइओ मनोजकुमार भट्टराईको कार्यकाल असार मसान्तमा सकिएपछि उक्त पद रिक्त थियो । श्रावण १ गतेदेखि दाहाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिरहेका थिए ।
बीमा समितिले दाहाललाई सिइओ नियुक्त गर्न स्वीकृति दिएसँगै अब बस्ने कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षको लागि सिईओ नियुक्त गर्नेछ ।
दाहाललाई प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात बन्ने कम्पनीको समेत सिइओ तयारी छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका दाहालसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव रहेको छ ।